Your Muktak

Description

send your muktak to this email address - networkfivestar@gmail.com


 40. ..........


39. Dan Bdr kshetree  -Humla

तिमी धनी म त गरिब आत्मा फरक छैन तिम्ले मैले निदाउने रातमा फरक छैन धनी, गरिब, उच्च, निच जिवित छँदा मात्रै मरेपछि जलाउने त्यो घाटमा फरक छैन ।

38. Dan Badhadur kshetree - Kathmandu

कतै अतिवृष्टी बाढी पहिरो बेहाल छ कतै अनावृष्टीले सुख्खा खडेरी हाल छ विषमताको यस्तो स्वरुपदेखि भन्न मन लाग्छ कि आजभोलि मौसमको पनि राजनीति जस्तै चाल छ ।

37. रङ्ग सुतार कार्की - दैलेख

दिन गुमाए अनि रात गुमाए अलि भएको इज्जत गुमाए तिम्रो लागि के के गरिन मैले आज कुर्दा कुर्दै जीवन गुमाए रङ्ग सुतार कार्की हाल बिरानो देश खाडीमुलुक

36. Dharma raj Chaulagain - Kalikot

आलोचना गरी घरि घरि कूरा चलाए। ‌ अन्धि मात्र कहाँ थियो सबै पूरा चलाए ।। ‌सवोच्च अदालत बाट आदेश आउनै पर्यो । अब के गरूँ भाई माथि दाईले छूरा चलाए ।।


35. कस्यप प्रकाश - ओखलढुंगा

दिलकाे ढाेका खाेलिदिन्छु पस्न सक्छौ तिमी ।

मन मुटुमा आसन कसी बस्न सक्छौ तिमी ।।

नयनमा पनि बस्छु भनी जिद्दी नगरन।

आँशु खस्दा आँशुसँगै खस्न सक्छौ तिमी ।।


34. मोहन पाण्डे - कपिल्वस्तु

विश्वासमा सम्बन्ध चल्छ, यो कहिले नसोच किनभने भोली भाकल पुरा भएन भने भगवान फेर्ने गर्छन् मान्छेहरु


33. प्रेम सुनार - सुर्खेत

देश ले कहिले शान्ति को स्वास बाट उमकिने देश ले कहिले भष्टचार बाट उमकिने देश ले कहिले पेनेल क‍ो राजनीति बाट उमकिने देश ले कहिले दलित भेदभाव मुक्त बाट उमकिने देश ले कहिले बेरोजगार देखि सोरोजगार बाट उमकिने देश ले कहिले 50/80%को तातो खाडी बाट घर फरकिने ।।।

32. सुबल दरै - चितवान

केहि हरफ बर्णन म तिम्रो गरूँला केहि शब्द तिमि बताई दिनु गल्ती होलान् उच्चारण गर्ने बेला तिमि न बिगारी सच्चाइ दिनु!!


31.Prem Dhami - Baitadi

उसले उमेर सोध्दा मैले सोर भन्दिए मन छ भने नाता हेर जोर भन्दिए झ्याप्पै आइ love you भन्छे पो बा पालो मेरो मैले नि होर। भन्दिए

30.  दिल कुमार बिष्ट घायल- बझाङ्ग

जित्ने बाजी खेलु भन्दा बाजी मैले हारे छु सानु।

ईच्छा सबै चुहावट हुदा यसरी नै टारे छु सानु।।

अं कयौ साझ निन्द्रै न लाग्दा तिम्रै यादमा टारे छु सानु।

दिल को चाहा सबै मर्दा प्राण पनी मारे छु सानु।।।


29. कृष्ण कुमर तोलाङ्गि - संखुवासभा

नपड्किने बन्दुक अनि त्याे गाेली काे

केकाम भाेली भोली भन्नी त्यो बोली को

केकाम बिहे त गर्छु PHD पास गरेर भन्छौ

बुडेसकालमा उठेको त्यो डाेलि काे के काम ।


28.बस्नेत एच बि ज्वाला - सिवालय गा पा 2 जाजरकोट ..

🌹🌹✍️मुक्तक🌷🌷

बेवारिसे जिन्दगी ले झन भारि राखिदिन्छ ।

नजिक नजिक हुने याद पारि राखिदिन्छ ।।

उनकै यादमा खाडिमा पसिना बगाउने प्रेमिहरु

सोच्नुपर्छ छुट्टिदा उसको मनमा भिकारि राखिदिन्छ । .


27. बस्नेत एच बि ज्वाला - जाजरकोट

लुटिसबै मेरो सपना लुटाएर गई

बिचबाटोमा नै नाता टुटाएर गई

सामु खुसि लिएर आउछु भन्नेले....

बदलामा भको सम्बन्ध छुटाएर गई !!!


26. सन्तोष गुरुङ - तनहुँ

लेखु भने कुनै शब्द छैन

गाउ त कुनै गीत छैन

लेख्नु र गउनुको के अर्थ

यहाँ कला र गलाको कदर छैन


25. केशव थापा- बैतडी, हाल चितवन

माया गर्छु तिमीलाई भन्न सक्दिन्

तिम्रो बारे नराम्रो कुरा सुन्न सक्दिन्!

भन्छै भने मायामा ज्यान दिन सक्छु

झुपडीमा बसाउछु म दरबार किन्न सक्दिन्!


24. केशव थापा - बैतडी

मन पराउँछु तिमीलाई भन्न सक्दिन्

तिम्रो बारे नराम्रो कुरा सुन्न सक्दिन्

दिन सक्छु बरु तिम्रो लागि यो ज्यान झुपडीमै बसाउछु

म दरबार किन्न सक्दिन्


23. सोम लाल तामाङ - लम्जुङ

कुनै दिन कमाएर संसार लाई देखाउनेछु

आमा अहिले गरिब भए पनि पछि धनि भएर देखाउनेछु

आमा झुपडिमा बस्यो भनेर चित्त नदुखाउनु

कुनै दिन ठूलो महलमा बसएर सबैलाई देखाउनेछु आमा ।।


22. सोम लाल तामाङ - लम्जुङ

सम्झिने गर्छु सधै तिमिलाई ,

तर तिमिलाई बटुल्की लाग्दैन माया लाग्छ आझै पनि तिम्रो नै,

तर तिमिलाई मेरो लाग्दैन बिर्सिन त सक्छु होल मैले पनि तिमिलाई तर

तिमी जस्तो धोखेबाज भएर हिड्न मन लाग्दैन ।।।


21. मनोज दाहाल - सल्यान

माया गर्छु भन्दै मलाई छोडेर 🚣‍♀️

जानू थियो भने मर्नु परे संगै मर्छु भन्दै बाटो मोडेर जानू

थियो भने मायाको नाटक देखाएर किन खायौ त बाचा कसम

यो मेरो चोखो मायालाई तोडेर🤛 जानू थियो भने


20. मान सिंह बिष्ट - कैलाली

लेखिएको बाल अधिकार कागजमा मात्र सिमित छ !!

गर्नु हुन्न भनी दुव्र्यवहार कागजमा मात्र सिमित छ !!

सडकमा कहिल्यै नियाल्नु भएको छ र महोदय ?

यो निति नियम समाचार कागजमा मात्र सिमित छ !!


19.  मदन भण्डारी - सोलुखुम्बू

उपत्यका बगाउन लाग्यो रे मेलम्चिको पानिले

कहिले जाने रेल चडेर चाइना भन्छिन् सानिले

घर घरमा ग्यासको पाइप पुगिस्क्यो तर पनि ,

नछोड्ने भयो नेतालाई सिलिन्डर बोक्ने बानिले


18. मदन भण्डारी - सोलुखुम्बू

बाहिर गर्लफ्रेन्ड बनाई आफ्नो दिलमा सजाउछ

श्रीमतीलाई टुक्रा - टुक्रा पारी चितामा जलाउछ

पैसामा न्याय बेचिन्छ यहाँ ज्यानमारा लाई त ;

भवितव्य भन्छ जन्मकैद फैसला गर्न लजाउँछ


17. Bhuban magar- Kathmandu

Inbox मा हराउंँछेउ Comment मा हुन्छ र माया Password पो माग्छेउ Id मा हुन्छ र माया ।।


16. Rabi bohara - डडेल्धुरा

हाे काेराेना डरले मान्छेकाे मन जलिरहेकाे छ

मैहु भन्ने मान्छे पनि मृत्युसंग ढलिरहेकाे छ

कुनै समय मान्छे बिच हुन्थ्यो विश्वयुद्ध

तर अाज मान्छे र माहामारिबिच युद्ध चलिरहेकाछ।


15. नर बहादुर सलामी - दैलेख

कति मिठाे थियाे अतीत, भुल्नै सकेन

मैले हारेकाे तिम्राे जित, भुल्नै सकेन

तिमीलाई अाफू भन्दा बढि विश्वास गरेँ

विष पिलायाै भनेर अमृत, भुल्नै सकेन


14. जीवन बहादुर सिह - धनगढी 12 जुगेडा कैलाली

अाउ बस यो दिल भित्र रानी बनाई बसाउला.......

अाखामा नि नबिझाउने नानी बनाई बसाउला......

जिन्दगीका सुख दुख  हस्दै खेल्दै बिताउदै ....

सयौ जुनि पुन्ने मायाको खानी बनाई सजाउला.....


13. रेबन चाम्लिङ राइ - खोटाङ

फुलेको फुल हरु ओइलाएर जान्छ।।

जोडीएको नाता हरु तोडिएर जान्छ।

के नै पो रहेछ र यो जिन्दगी।

एक्दिन सबैले दुनियाँ छोडि जान्छ।


12. कमल पाण्डे - कैलाली

माया छोडेउरे मन हुनेलाई

मत माया गर्छु भन्छेउ रे धन हुनेलाई ।

दुई दिनको माया हेर्न थालेऊ धन को पछि लाएर।

कुनै टेन्सन छैन हामी ज्ञान हुने लाई ।।


11. दिनेश बस्याल - तनहुँ

जोशिला युवाहरु सबै खाडिमा भेटिन्छन्

देश लुट्नेहरु महंगा गाडिमा भेटिन्छन्

देह बेचेर जिबिका चलाउनेहरु यहाँ

कतै होटलमा त कतै झाडिमा भेटिन्छन् ।


10. Mahesh Bohara - Bajhang (Bijada)

जीन्दगी को अधुरो कथा लेखीराथे मैले॥

अप्ठ्यारो मा पाइला हरु टेकीराथे मैले॥

सोची हौली कती सोझो केही चाल पाउदैन भनेर,

तीम्रा सबै हरकत हरु देखीराथे मैले ॥॥


9. सन्देश रेग्मी - गोर्खा

कलेज जान मन छ कलेज बन्द

घुम्न जान मन छ बाटो बन्द

लकडाउनले के गर्यो यो

घर जान मन छ गाडी बन्द l


8. गणेश खड्का - BAJHANG

उठयुवा जागौ अब देस्लाई बचाउनुछ!!

सरकार कीन चुपचाप बस्यो हल्ला मचाउनुछ!

कालापानी लीपुलेख अनि लीम्पीयाधुरा भीत्र!

नेपालकै गौरबसाली झन्डासजाउनुछ!!

7. राज रावल - बाके

तिम्रै हातको सिन्दुर पोते लाउन्छु भनी गयौ

पर्खी बस्नु तेहि ठाँउमा आउन्छु भनी गयौ ।

दिनै बिते तेहि ठाँउमा तिम्लाइ कुर्दा कुर्दै

तिमी बस्ने बस्तीहरु धाउन्छु भनी गयौ।।


6. Tharu vai अञ्जान यात्री - बर्दिया

फलामले गर्ने काम नि कलमले गर्ने भए,

अनि कलमले गर्ने काम फलामले गर्ने भए,

सबै भन्दा बढी दुख तिमिलाई दिन्थेँ,यदि...

मनको घाउ निको पार्न मलमले गर्ने भए।


5. Tharu vai अञ्जान यात्री - बर्दिया

झुठो सपना देखाएर प्रेमको जालमा फसायो।

नानाथरीको वचन दिई त्यहीँ ढालमा फसायो।

अञ्जानमै भुल भएछ तिमिसँग पिरती लाएछु

वियोगमा बाँचेको जिन्दगीलाई कालमा फसायो।।


4. हरि अधिकारि - गोर्खा

नाममा के नै राख्या छर हेर मेरो मन !

सन्का लागे तिमिलाइ बरु मलाइ भन!

माया लाउने रहर यहाँ भन कस्को हुन्न!

माया लाउन पनि यहाँ चाइने रैछ धन !


3. अमित खड्का - बझाङ

आज मेरो जिन्दगी मा हारे जस्तो लाग्यो

जिबितै छ सरिर तर मारे जस्तो लाग्यो

बाहिर हेर्छु बाहे रम्झम भित्र अनि रोदन

अन्धकार को बिचल्लीमा पारे जस्तो लाग्यो

आज मेरो जिन्दगी मा हारे जस्तो लाग्यो


2. - Bhopendra budha(samrat) -bajura

आमाको सपना अनि बुबाको बिश्वास छ म संग

सपनाको भारी अनि परिवारको माया छ म संग!

परिवारको भरमा छु कि परिवार मेरो भरमा

तर पनि घर परिवारको सच्चा प्यार छ म संग।।


1.- किरण श्रेष्ठ - तनहुँ

 मुटुमै बसेको छ, भन्थ्यौ माया

सानु सधैं यहिँ लुकेछ,तिम्रै छायाँ

सानु अतीतका ती पल, पन्छाई हेर्छु तर

अन्जानमै आँसु झर्छ, मुटु थर्कन्छ सानु



कति मिठाे थियाे अतीत, भुल्नै सकेन मैले हारेकाे तिम्राे जित, भुल्नै सकेन तिमीलाई अाफू भन्दा बढि विश्वास गरेँ विष पिलायाै भनेर अमृत, भुल्नै सकेन



English translate -

40. .......... 39. Dan Bdr kshetree -Humla You are rich and I am a poor soul, you are no different in the night I sleep, rich, poor, high, low, only when alive, there is no difference in that ghat that burns after death. 38. Dan Badhadur kshetree - Kathmandu Sometimes there is heavy rain, floods and landslides, sometimes there is a dry drought due to lack of rain. Due to the nature of this disparity, I would like to say that nowadays the weather also has the same behavior as politics. 37. Rang Sutar Karki - Dailekh I lost the day and lost the night, I lost my dignity, what did I do for you? 36. Dharma raj Chaulagain - Kalikot Criticized and ran from house to house. Where there was only blindness, everything was completed. An order had to come from the Supreme Court. What should I do now, my brother stabbed me with a knife. 35. Kasyapa Prakash - Okhaldhunga You can enter with your heart's content. How can you sit in the heart? Don't insist that you live in Nayan too. When tears fall, you can fall with tears. 34. Mohan Pandey - Kapilavastu Relationships run on trust, never think about it because if the vow is not fulfilled tomorrow, people will change God 33. Prem Sunar - Surkhet Sometimes the country escapes from the breath of peace. Sometimes the country escapes from corruption. Sometimes the country escapes from Penel politics. Sometimes the country escapes from Dalit discrimination. vary... 32. Subal Darai - Chitwan I will write some letters for you, tell me some words, there will be mistakes while pronouncing, don't spoil the truth!! 31. Prem Dhami - Baitadi When he asked about my age, I said, "Sor, if you want, I want to be related." He said, "I love you." said 30. Dil Kumar Bista Ghayal- Bajhang I'd rather lose a bet than win a bet. When all the desire is leaking, I have avoided it like this. When I don't sleep with anyone, I miss you, Sanu. When all the desires of the heart die, I have also killed the soul. 29. Krishna Kumar Tolangi - Sankhuvasabha A gun that doesn't shoot and that girl What is the meaning of that speech of Bheli Bholi Why do you get married after passing PHD? What is the work of that party that arose during the Budesh period? 28. Basnet H B Jwala - Siwalaya Ga Pa 2 Jajarkot .. 🌹🌹✍️Muktak🌷🌷 Ignorance makes life even heavier. Keeps the memory of being close. Lovers sweating in the bay in his memory You have to think that when you break up, you will beg in his heart. . 27. Basnet H B Jwala - Jajarkot The robbers stole my dreams The relationship broke up in the middle Because I will come with happiness... In return, the relationship broke up!!! 26. Santosh Gurung - Tanahun There are no words to write There is no song to sing What is the meaning of writing and singing Arts and crafts are not appreciated here 25. Keshav Thapa- Baitadi, now Chitwan I can't tell you I love you Can't hear bad things about you! I can die for love I live in a hut, I can't buy a palace! 24. Keshav Thapa - Baitadi I can't tell you what I like Can't hear bad things about you I can give, but I will live this life in a hut for you I can't afford a palace 23. Som Lal Tamang - Lamjung Some day I will earn and show the world Although mother is poor now, I will make her rich later Don't be upset that your mother stayed in a hut One day I will live in a big palace and show everyone. 22. Som Lal Tamang - Lamjung I will always remember you, But you don't care, love is still yours, But if you don't like me, I can forget you I don't want to walk like a cheater like you... 21. Manoj Dahal - Salyan Leaving me saying I love you 🚣‍♀️ If I want to go, I will die together, I will turn the road and go If so, why did you eat it after showing love drama, I swear If this was to break my love 20. Maan Singh Bisht - Kailali Written child rights are only limited to paper!! Harassment is limited to paper only!! Have you ever looked at the road and sir? This policy is limited to news papers only!! 19. Madan Bhandari - Solukhumbu Melamchi's water began to flood the valley Sanile says when the train will go to China Even though the gas pipe reached the house, The leader's habit of carrying a cylinder did not leave 18. Madan Bhandari - Solukhumbu He makes a girlfriend outside and decorates his heart Cut the wife into pieces and burn them on the pyre Justice is sold for money here to murderers; Fate says it's a shame to decide on life imprisonment 17. Bhuban magar - Kathmandu If you get lost in the inbox, it will be in the comment and Maya will ask for the password. 16. Rabi bohara - Dadeldhura People's hearts are burning with the fear of corona A man named Maihu is also dying Once there was a world war between people But today there is a war going on between humans and monsters. 15. Nar Bahadur Salami - Dailekh How sweet the past was, could not be forgotten I could not forget your victory that I lost I trusted you more than myself Amrit could not forget that he drank poison 14. Jeevan Bahadur Singh - Dhangadhi 12 Jugeda Kailali Oh, let's make a queen inside this heart... Let's make a nanny who won't give a damn...... Spending the joys and sorrows of life laughing and playing... Make a mine of old love and decorate it..... 13. Reban Chamling Ra

Comments

Popular posts from this blog

What is muktak? How to write?

Nepali Muktak