Nepali Muktak

Description

 

Nepali Muktak  

नेपाली मुक्तकहरु

1. 
 हर्ष बिभोर भएछु सधैँ साथ दिन्छु भन्यौ सानु 
आँखा रसाई दियो पींडा सबै लिन्छु भन्यौ सानु
आज सम्म को मेरो तपस्या सफल भो सायद
लुटिएका ति मेरा खुशीहरु छिन्छु भन्यौ सानु !!

1. I am filled with joy, I will always support you, Sanu
I made my eyes water, I will take all the pain, Sanu
My penance has probably been successful till today
I have stolen my happiness, Sanu !!


2. उर्लेका खुशी को भेल लाई बार्नेछु अब
मन भित्र को ती चाह लाई मार्नेछु अब
आफै भित्र भित्रै गुम्सिएका रहरलाई
झुठो आश्वासन दिई अब टार्नेछु अब !!

3. देउताको आखाँ आँशुले भराउनु पर्ने भयो
आफ्नो अधिकारको लागी कराउनु पर्ने भयो
किन हुन सक्दैन आफुले चाहेको जस्तो यहाँ
भविष्यको कल्पना सित डराउनु पर्ने भयो !!

4. झन झन बढदै जाने अभिलाषा भयो
कहिले नी पुरा नहुने एक आशा भयो
समयको खेल संग नै रुमलीदै जाने
बुझाएर बुझ्न नसक्ने परिभाषा भयो !!

5. विश्वाश गर्नै गाह्रो हुने बनावटी कहानीको
पर्खाईमै बस्नु पर्ने रात कुर्दै बिहानीको
अतीत यो बल्झी दिन्छ नचाहेरै घरीघरी
भँवराझैं रस चुस्दै छाड्दै हिड्ने बेइमानीको

6. तिमी भित्रै यो मनले डेरा, कसे पछि थाहा पांए
छुटाउन गाह्रो रैछ माँया, बसे पछि थाहा पांए ।
तिम्रै दिलको फूलबारीमा, खोजें माली बन्न
फूल्दा फूल्दै मझेरीमा, खसे पछि थाहा पांए ।

7. एक्लै थिएं जिन्दगीमा हात दियौ तिम्ले
नजिकिदै गयो दूरि साथ दियौ तिम्ले
मनको पर्दा उघारेर तिम्लाई हेर्दा खेरी
सितल सितल चांदनीको रात दियौ तिम्ले ।

8. सधैं आँशुमा डुब्थें हाँस्न सिकायौ तिमीले
मरे तुल्य थिएं बाँच्न सिकायौ तिमीले
रंगमंच के हो थाहै थिएन मलाई
आफ्नै दिलमा नाँच्न सिकायौ तिमीले

9. माँगेकीछु तिमीलाई तिम्रो जवानी होइन
हृदय देखिनै माया गर्नु मेरो बेइमानी होइन
तिम्रै कल्पनामा डुब्छन मेरा पलहरू अचेल
तिमी पनि छौ बराबरी मेरो मात्र कहानी होइन ।


10. घाइते थिंए मुटुलाई सिउन बाध्य भएं
टाढा हुँदा आफन्तनै जीउन बाध्य भंए
जिंदगीका चोटहरु बल्झिदिंदा आज भोली
नचाहेरै अतीत सम्झी पीउन बध्य भंए ।



11. वर्षासरी झर्ने आँसु आँखामा नै थुन्छु अचेल
एक्लै हुँदा जिन्दगीमा अतीत सम्झी रून्छु अचेल
बिर्सु भन्छु बल्झिदिन्छ सम्झनाका छालहरू,
सपनीमा संधैजसो तिम्रै काखमा हुन्छु अचेल ।


12. मनको कुनामा अलिकति रहर पोको पारेर
घाम पानी केही नभनी जिन्दगीलाई खारेर 
आज रोए पनि भोलि हाँस्ने अभिलाषा बोकी 
मिहिनेतको फसल उब्जाउदैछु मरभूमि बारेर

13. जुन खोलाको तिम्ले पानी खायौ बैरी 
त्यही खोलामा तिम्ले विष लायौ बैरी 
गर्ने नगर्ने कर्म गरिसकेपछि 
के माग्न मन्दिर मस्जित धायौ बैरी?

14. आज मलाई किन किन मरे जस्तै लाग्यो
मेरो नाममा खरानी छरे जस्तै लाग्यो 
अन्याय र अत्याचारले सीमारेखा नाघ्दा 
सुन्दर सृष्टिमै खडेरी परे जस्तै लाग्यो

15. दुई मनको दुरी घटाउने दिन हो प्रेमदिवस 
माया नै माया झन् बढाउने दिन हो प्रेमदिवस 
छन् भने कोहि मन परेका मान्छे, भन्न नडराऊनुस्
माया गर्छु भनि बताउने दिन हो प्रेमदिवस 

16. मायाको रंग भरेर बिताउ प्रेमदिवस
प्रेमको सुगन्ध छरेर बिताउ प्रेमदिवस
ओ,..प्रेमिल मनहरु छालसंग नडराऊनोस् 
मायाको सगर तरेर बिताउ प्रेमदिवस

17. सधै एउटै कुरा मात्र कति कति सम्झनु
देशमा भइरहेको यो दुर्गती कति सम्झनु
आउँछ  पीडा  दिन्छ अनि  टिपेर लान्छ
हर दिन यो मानविय क्षति कती सम्झनु

18. बिषालु शहर नशामा पट्टियौ कि कतै
मन्द बिषमा बिस्तारै लठ्ठीयौ कि कतै
त्यो शहरले धेरै कहानी निलेको छ साथी 
तिमी पनि उतैतिर सट्टियौ की कतै..?

19. जति  कोसिस गर्दा पनि जरुर हुन सकिन।
भए पनि प्रेममा पागलै एकसुर हुन सकिन।
तिमीलाई त खै के लाग्छ बुझ्नै सकिन मैले 
मलाई त लाग्छ मात्र तिम्रो सिंदुर हुन सकिन।

20. म यता ,उनी उता बेकारमा मन दुखेको छ !!
मन भित्रका कुरा लक डाउनमै लुकेको छ !!
संसारमा हावा बहँदा जीवनमा त्रास पर्दा 
उनलाई भेट्ने चाह दुई दिनमै सुकेको छ !!

21. मायामा कुनै वर्ग हुदैन कुनै जात हुंदैन
एक अर्कामा लुकाउनु पर्ने  बात हुंदैन
भन्ने गर्थ्यौ हर शुभ तिम्रो हाल सोध्छु
बिर्सियौ कि  तिम्रो शहरमा रात हुंदैन

22. समयले कहिले बांच भन्छ कहिले मर भन्छ
मलाइ  पानी माथी दौडिएर सागर तर भन्छ
आफु फुलै  फुल  बिछ्याइएको  बाटो  हिडेर
मलाइ नाङ्गै खुट्टाले काडाको सफर गर भन्छ।

23. खै किन हो भित्र भित्रै दिल दुखि रहन्छ !!
प्यासले हो या सुगरले घाँटी सुकि रहन्छ !!
कति नरमाइलो रात जताततै सुनशान ;
रातैभरी नराम्रो स्वरले कुकुर भुकिरहन्छ !!

24. सबै बुझे मैले तर यो संसार कसरी बुझ्नु
मान्छे मार्ने ईश्वरको बिचार कसरी बुझ्नु
जन्मदिने उनीले नै मार्ने पनि उनी नै हुन
भने यो उनको दया अत्याचार कसरी बुझ्नु

25. जिन्दगीमा बहार कम दूरी धेरै हुदो रहेछ
खै किन!खुशी भन्दा मजबुरी धेरै हुदो रहेछ
मनभित्र त हर्ष आउनु नै हुन्न  कदापि  पनि
खुशी अलिकति दुखको हुरी धेरै हुदो रहेछ

26. आफ्नैले दिएको जहर~पिएर  फर्कदैं छु
जहर दिनेलाई आभार ~ दिएर फर्कदैं छु
आफ्नै माया वापस लिन गएको थिएं म 
अपमान थोरै उनिबाट  लिएर  फर्कदैं छु

27. दुख बिसाएर तिमि संग रुन खोज्नु भुल भएछ ! 
धेरै टाढा थिएँ म नजिक हुन खोज्नु भुल भएछ ! 
म त एक अस्तित्व हु यहि धर्तिको थाहा मलाई 
आकाशको तारा तिमी छुन खोज्नु भुल भएछ ! 

28. मनपर्ने मान्छेलाई समाउन नपाउँदा दुख लाग्छ 
अंकमाल गर्दै माया लाउन नपाउँदा दुख लाग्छ 
खै कुन उदेश्य लिएर आयौ कोरोनाको नाममा 
म आफ्नै अनुहार देखाउन नपाउँदा दुख लाग्छ 

29. धेरै कुरा गर्नु  थियो तर भेट्न सकिन !!
तिमि मेरो नभएनी याद मेट्न सकिन !!
मर्छु भनी हातमा छुरा लिइ सोचि हेरे ;
तिम्रो माया सम्झी, घाँटी रेट्न सकिन !!

30. कसरी बोलाउ  हेर तिमीलाई  म हारेको मान्छे 
के साइनो  लगाउ  तिमीलाई  म टुटेको मान्छे
पाइलापाइलामा ठोकर खाएर  बाच्दैछु भने! 
कसरी स्विकारे तिमीलाई म भत्किएको मान्छे

31. सानी थियो उसको नाम, मैले सानू भन्दिएँ !!
छुट्टीएर जान्छु भन्थी ऊ मैले जानू भन्दिएँ !!
बिदाइमा के दिन्छौ उपहार भनिरहन्थी ऊ ;
उपहारमा मेरा सबै खुसिपनि लानु भन्दिएँ !!

32. जव यि ठुला शहरले मृत्युु छेक्न्न सक्दैन    
मान्नुहोस कलमले जीवन लेख्न सक्दैन  
जता टेकेनि धर्ती फाटेझै लाग्दछ हजुर       
बुजौ बिज्ञले पनि भविष्य देख्न सक्दैन

33. तिमिलाई सम्झी डाँको छोडी रुन मन लाग्छ !
दिनरात सधैआँसुले यो मुहार धुन मन लाग्छ !
न त निद्रा लाग्छ रातमा न त दिनमा भोक नै 
नबोले पनि तिम्रा  ती तस्वीर छुन मन लाग्छ !

34. संस्कृतिमा हामी निकै धनी छौ 
हृदयको सफा, ज्ञानी र गुनि छौ
आज्ञाकारी लम्पसारवादी भएर 
त्यसैले आजसम्म  निरोगी  छाै! 

35. खै किन हो भित्र भित्रै दिल दुखि रहन्छ !!
प्यासले हो या सुगरले घाँटी सुकि रहन्छ !!
कति नरमाइलो रात जताततै सुनशान ;
रातैभरी नराम्रो स्वरले कुकुर भुकिरहन्छ !!

36. कोही पानी हुँ भनि सुनामी बनेर आउछन् !!
कोही हरियाली बसन्त हुँम भनेर आउछन् !!
जालझेल षडयन्त्र नि कति गर्न सक्या हुन् ;
कोहि आफ्नै लागि खाल्डो खनेर आउछन् !!

37. त्यसरी दिल नजलाउ मेरो नाउँ मा
बनाएर आशुको तलाउ मेरो नाउँ मा
अनमोल रत्न जस्ती तिमी तेस्तै रहनु
नघटाउ आफ्नै भाउ मेरो नाउँ मा।।

38. दुइपाटा फरक फरक, क्वाइन सगँ डरलाग्छ।
नशा रुपि पानि जस्तै   वाइन  सगँ डरलाग्छ।
अफबाह फैलाउँछन्, कोरोनाले लग्यो भन्दै.. 
लाने हुन्कि? कतै क्वारेन-टाइन सगँ डरलाग्छ।

39. आकाश छुने सपना देख्न पनि छाडिदिएं।
अधुरै   छ   कहानि  लेख्न पनि छाडिदिएं।
दुनियाँ नै हामि दुइको, विपक्षमा उत्रेपछि, 
उसको घरमा पाइला टेक्न पनि छाडिदिएं।

40. कोरोनाको डर त्रास र भय धेरै नलिनु होला ।
सबैलाई नमस्कार गर्नु तर हात नदिनु होला ।
कतै जादा माक्स लगायर मात्र हिड्ने गर्नु ।।
तर ज्यान संकटमा छ भिडभाडमा नजानु होला ।

41. बोल्न मन छैन थाहा छ तर कोट्याइ रहन्छु !
चियाउछु घरीघरी यतै, दिन छोट्याइ रहन्छु !
बाधा पुगे बन्द गर्नु है सबै झ्याल  ढोकाहरु 
अर्थहीन छन् शब्द तरपनि खोट्याइ रहन्छु !

42. यी आँखाको डिल सधै रसिलो हुन्छ
मुस्कुराउन कहाँ त्यति सजिलो हुन्छ 
जीन्दगीमा दु:खहरुसङ्ग हरेस नखानु
सुखहरुको आगमन अलि ढिलो हुन्छ ।

43. सके जति गर्नुस तपाईं ,सेवा नै धर्म हो !!
मरेसि संगै साथमा लगेर ,जाने कर्म हो !!
नसोध्नुस न पिडा दुखिलाई दुख्छ मुटु 
परैबाट देखिने उस्कोअभावको मर्म हो !!

44. बेहोसीमै दिमागले आफ्नो ठाँउ मोडियो !!
अनि रहरै रहरमा आफ्नो गाउँ छोडियो !!
तहस- नहस यो जिन्दगी देख्दा त लाग्छ 
अनयासै स्वार्थी अवस्थाको नाउ जोडियो !!

45. अचम्मै भयो कोरोनाको त्रास बजारमा !!
संक्रमित छ विश्व आज लाखौं हजारमा !!
चेतना हो यसको उपचार बच्ने बचाउने 
नगइ भिडभाड तिर बसौ भित्रै करारमा !!

46. चाहिँदैन हिराको हार भनिथ्यौ
तिमी भए अर्को कुनै सन्सार भनिथ्यौ
हात समाइ पराइको गयौ त के गरुँ 
उबेला त जिन्दगिनै उपहार भनिथ्यौ ।।

47. यहाँ दुख्न खोजे सधैं दुख्न पर्छ,
म आफै खुशीको हुँ आधार मेरो!
सबैको नजरमा म उस्तै कहाँ छु,
तिमी जस्तो उस्तै छ व्यवहार मेरो!

48. हाँसो पनि रैछ क्या मिठो तिम्रो !!
रुपै पनि के सारो हो राम्रो तिम्रो !!
यसरी हाँसेर मन न जलाउ मेरो 
फेरि माया बस्ला है हाम्रो तिम्रो !!

49. बिहानी किरणको "प्रीत" तिमीलाई!
पातका  थोपाथोपा "शीत"तिमीलाई!!
नथाक्नु नहार्नु आफै सङ्ग प्रियतम!
यो खुशी,उमंग र "जित" तिमीलाई!!

50. म झरना, तिमी झन्कार
म सृष्टी, तिमी संसार
साईनो हाम्रो अजम्बरी छ,
म कृति, तिमी कलाकार ।

51. मैले भनेका कुरा तिमीले मानेपो हुन्थ्यो!
यो मनका रहरहरु पहिल्यै जानेपो हुन्थ्यो!
तिमी मेरो आफ्नो प्यारो मान्छे बन्नलाई त,
मलाई सबैभन्दा नजिकको ठानेपो हुन्थ्यो!

52. नपाएर देशमा रोजगार विदेश जादै छु
छोडेर यो शहर बजार बिदेश जादै छु
गाउँमा भाको पाखो बारि बन्दकिमा राखेर
सपना सजाउन हजार विदेश जादै छु

53. एउटा पनि भुल नगर्ने कोइ छैन यहाँ
चोट लाग्दा आसु नझर्ने कोइ छैन यहा
किन चिन्ता गर्छौ उधारो जिन्दगिको
कहिले पनि मर्न नपर्ने कोइ छैन यहाँ

54. म त तिम्रो नजरमा नै फसेछु
त्यसैले तिम्रो बजारमा बसेछु
हात समाउदै हिड्दै थिए,
छेउमै रहेछु पलङबाट भुइँमा खसेछु

55. माया खै कता हरायो हरायो
एक्कासी आयो उ फेरि करायो
नभने है है मायालु कतै
यस्ले मलै रुने हास्ने बनायो

56. कोहि गएर आउला कोहि आएर जान्छ
जस्तो छ उस्तै औकात देखाएर जान्छ
अरुलाई दु:ख दिन जस्ले चाल्छ कदम
त्यसैले धेरै दुख कष्ट पिडा पाएर जान्छ

57. तक्दिरले के कति दिन्छ थाहै हुदैन !
आफ्नै मान्छे बद्लिन्छ थाहै हुदैन !
जिन्दगी राम्रो संग चल्दैछ भन्दा भन्दै,
बाटो कतिबेला मोडिन्छ थाहै हुदैन !

58. भन्थ्यौ उ त्यो डांडा पारि मेरो घर छ
तिमिलाइ नै पर्खी बसेको यो मन छ
तर आजभोली देख्दिन कता अल्मल्लियौ
मेरो दिल तिम्रै नाममा जोड्दिने रहर छ

59. बदलिएछौ तिमि तर म अझै उस्तै छु
पैले तिमिले चिनेको म झैं दुरुस्तै छु
सोच्थे तिमिले छोडे मरीहाल्छु होला 
अह भएन केहि सन्चै अनि तन्दुरुस्तै छु

60. तिमीलाई नै माया जालमा फसाउन मन छ
जिवन भर मायाले तिमीलाई नै हसाउन मन छ
अजम्बरी साईनो गासी तिमी सँग नछुटिने
सधै सधै यो मुटुमा बसाउन मन छ

61. एक पहिचानले हजारौं मित्र बनाउछ
एक मुस्कानले हजारौं पीडा भुलाउछ
जिन्दगीकाे यात्रामा सम्हालेर हिडनु
एक गल्तीले हजारौं सपना जलाउछ

if you face any copyright issue just email us 
ujjwal9819198444@gmail.com

Source- 
1. https://palpalimilan.blogspot.com/p/collection-of-nepali-muktak.html
2. https://www.statusnepali.com/nepali-muktak/



Nepali Muktaks
1. I am filled with joy, I will always support you, Sanu
I made my eyes water, I will take all the pain, Sanu
My penance has probably been successful till today
I have stolen my happiness, Sanu !!

2. I will turn the tide of happiness now
I will kill that desire inside my mind now
I will avoid the desire that is hidden inside myself
I will give false assurances now!!

3. I had to fill the eyes of the gods with tears
I had to cry for my rights
Why can't it be as I want here
I had to be afraid of the imagination of the future!!

4. The desire that keeps growing more and more
It has become a hope that will never be fulfilled
It keeps getting tangled up with the game of time
It has become a definition that cannot be understood by understanding!!

5. It is hard to believe in a fabricated story
The night you have to stay waiting for the morning
The past gives you this sting repeatedly
Unwillingly
Sucking the juice like a whirlpool
Of dishonesty that leaves and walks away

6. This camp inside your heart, how will you know later
It is difficult to leave, mother, you will know later.
In the flower garden of your heart, try to become a gardener
When it blooms, it blooms, you will know later.

7. I was alone in life, you gave me your hand
As the distance grew closer, you supported me
When I opened the curtain of my mind and looked at you, you gave me a moonlight night.

8. I was always drowning in tears, you taught me to laugh
I was like dying, you taught me to live
I didn't know what theater was
You taught me to dance in my own heart

9. I asked for you, not your youth
It's not my dishonesty to love you from the heart
My moments are drowning in your imagination these days
You are also equal, it's not just my story.

10. I was injured, I was forced to sew my heart
When I was far away, I was forced to live with my relatives
When the wounds of life flare up, today and tomorrow
I was forced to drink by remembering the past without wanting to.

11. I hold the tears that fall like rain in my eyes these days
When I am alone in life, I cry remembering the past these days
I say forget, the waves of memories flare up,
In my dreams, I am always in your arms these days.

12. With a little desire in the corner of my heart
Without saying anything to the sun or the rain, I will live my life
Even if I cry today, I will laugh tomorrow
With the desire to grow the harvest of hard work in the desert

13. The river from which you drank water, my enemy
You poisoned the same river, my enemy
After doing the deeds that you should and should not do,
What do you go to the temple or the mosque to ask for, my enemy?

14. Why did I feel like I was dead today? It felt like my name was being sprinkled with ashes. When injustice and tyranny crossed the line, it felt like a drought in the beautiful creation. 15. Valentine's Day is the day to reduce the distance between two hearts. Love is the day to increase love. If there is someone you like, don't be afraid to say it. Valentine's Day is the day to tell them that you love them. 16. Spend Valentine's Day filled with the colors of love. Spend Valentine's Day spreading the fragrance of love. Oh,.. don't let loving hearts be afraid of the waves. Spend Valentine's Day swimming in the ocean of love. 17. Always remember only one thing. How much do you remember this misery happening in the country? It comes and hurts and takes it away. How much do you remember this human loss every day? 18. Poisonous city Are you addicted to alcohol? Are you slowly drowning in the weak poison? That city has swallowed many stories. Six friends
Have you also moved there or somewhere..?

19. No matter how hard you try, you can't be madly in love.
I can't understand what you really feel.
I just feel like I can't be your vermilion.

20. I'm here, she's there, my heart is hurting in vain!!
The things inside my heart are hidden in the lockdown!!
When the wind blows in the world, when there is fear in life,
The desire to meet her has dried up in two days!!

21. There is no class in love, no caste,
There is nothing to hide from each other,
We used to say, I ask you about your well-being,
Have you forgotten that there is no night in your city

22. Time sometimes says live, sometimes it says die,
It says to me to run on water, but the ocean says to me,
It says to me to walk on the path laid with flowers,
It says to me to travel barefoot to the edge of the cliff.

23. Why is it that the heart remains aching inside!!
Is it because of thirst or because of sugar that the throat remains dry!!
What a miserable night, everywhere is silent;
The dog barks in a bad voice all night long!!

24. I understood everything, but how to understand this world
How to understand the thought of God who kills people
He who gives birth, he also kills them
How to understand this His mercy and cruelty

25. In life, the spring is short, the distance is long
Why! There is more compulsion than happiness
Joy never comes inside the mind
Happiness is a little bit of a storm of sorrow

Comments

Popular posts from this blog

What is muktak? How to write?

Nepali Muktak

Your Muktak