Posts

Showing posts from December, 2024

Nepali Muktak

Image
 Nepali Muktak You came in my dreams, life turned colorful, Your love made every moment golden and wonderful. This heart seeks only you, Without you, the world feels incomplete too. १. नजिकै भएर पनि टाढा छु म, तिमीलाई देख्न खोज्दा झ्यालको छायाँ छु म। तिमीले माया गरे झैं गरें भने, खै कुन दिन तिम्रो नजरमा खडा छु म। २. खै कसरी बयान गरुँ यो मनको कुरा, अक्षरमै अड्किएर बस्छ भावना पुरा। तिमीलाई देख्दा हृदयको चाल रोकिएजस्तो, मायाको अर्थ यही हो कि जिन्दगी अधुरा। ३. जुन जस्तै चम्किलो मन देखेको छु, पानी जस्तै चिसो सम्झनाले छुँ। तिमी मेरो नजिकै हो कि टाढै छौं, तिमीलाई मात्रै जीवनको आँखीझ्यालले हेर्छु। ४. चन्द्रमामा लेख्छु तिम्रो नाम सुनौलो, मायाको अग्नि बनेर जलेको छ अनुहार गोलो। यो मनको धड्कन केवल तिमीले बुझ्ने, म संसार बिर्सेर बस्न खोज्छु केवल तिम्रो पोलो। ५. आकाशले सोधेको प्रश्नको उत्तर, सपना देख्दा फुल्ने हर पलको प्रहर। तिमी मेरो सपनाको किनारा बनेर, मायाको संसार भित्र एउटा मीठो रहर। १. आकाशमा तारा जस्तै तिम्रो अनुहार, चन्द्रमाजस्तै उज्यालो छ मायाको संसार। तिम्रो मुस्कानले मन हराउँछ बारम्बार...

What is muktak? How to write?

Image
मुक्तक के हो ? कसरी लेख्ने ? - भर्खर मुक्तक लेख्न प्रयास गर्नु हुने साथीहरुलाइ मुक्तक को बारेमा आधारभुत ज्ञान् होस भन्ने उदेश्य ले छोटकरिमा यो लेख प्रस्तुत गरेको छु । कृपया यसलाइ् मुक्तक लेख्ने आधारभुत ज्ञान को रुपमा लिनुहोला। अन्य कुनैपनी कला वा सीप हासिल गर्नको लागि जस्तै राम्रो र उत्कृष्ट मुक्तक लेख्नको निमित निरन्तर अध्यन , साधना र अभ्यास जरुरी हुन्छ ।।  मुक्तक चार हरफको स्वतन्त्र र अर्थ दिने पद्यत्मक रचना हो ।मुक्तक मा पहिलो,दोस्रो र चौथो हरफ अनुप्रासयुक्त र तेस्रो हरफ स्वतन्त्र हुन्छ।हरफको पछिल्तिर हुने,उस्तै सुनिने शब्द अशंलाई अनुप्रास भनिन्छ।मुक्तक का चार हरफका आ-आफ्नै विशेषता छन् ।  * पहिलो हरफले बिषयको उठान गर्दछ। * दोसो हरफले उठानलाइ थप समर्थन गर्दछ।  यसरी पहिलो र दोस्रो हरफले मुक्तकको पृष्ठभुमि तयार पार्दछ। * तेस्रो हरफ स्वतन्त्र हुन्छ । यो हरफले चौथो हरफमा झट्का हान्न उपयुक्त वातावरण तयार गर्दछ । वा चौथो हरफमा भन्न खोजेको कुरा को पृष्ठभुमि तेस्रो हरफमा तयार हुन्छ।  * चौथो हरफ एकदम वजनदार , झट्का दिने खालको , हुनुपर्छ । अथवा भनौ मुक्तकको मुटु नै चौथो हरफ ...

Your Muktak

Image
send your muktak to this email address - networkfivestar@gmail.com  40. .......... 39. Dan Bdr kshetree  -Humla तिमी धनी म त गरिब आत्मा फरक छैन तिम्ले मैले निदाउने रातमा फरक छैन धनी, गरिब, उच्च, निच जिवित छँदा मात्रै मरेपछि जलाउने त्यो घाटमा फरक छैन । 38. Dan Badhadur kshetree - Kathmandu कतै अतिवृष्टी बाढी पहिरो बेहाल छ कतै अनावृष्टीले सुख्खा खडेरी हाल छ विषमताको यस्तो स्वरुपदेखि भन्न मन लाग्छ कि आजभोलि मौसमको पनि राजनीति जस्तै चाल छ । 37. रङ्ग सुतार कार्की - दैलेख दिन गुमाए अनि रात गुमाए अलि भएको इज्जत गुमाए तिम्रो लागि के के गरिन मैले आज कुर्दा कुर्दै जीवन गुमाए रङ्ग सुतार कार्की हाल बिरानो देश खाडीमुलुक 36. Dharma raj Chaulagain - Kalikot आलोचना गरी घरि घरि कूरा चलाए। ‌ अन्धि मात्र कहाँ थियो सबै पूरा चलाए ।। ‌सवोच्च अदालत बाट आदेश आउनै पर्यो । अब के गरूँ भाई माथि दाईले छूरा चलाए ।। 35. कस्यप प्रकाश - ओखलढुंगा दिलकाे ढाेका खाेलिदिन्छु पस्न सक्छौ तिमी । मन मुटुमा आसन कसी बस्न सक्छौ तिमी ।। नयनमा पनि बस्छु भनी जिद्दी नगरन। आँशु खस्दा आँशुसँगै...

Nepali Muktak

Image
  Nepali Muktak    नेपाली मुक्तकहरु 1.   हर्ष बिभोर भएछु सधैँ साथ दिन्छु भन्यौ सानु  आँखा रसाई दियो पींडा सबै लिन्छु भन्यौ सानु आज सम्म को मेरो तपस्या सफल भो सायद लुटिएका ति मेरा खुशीहरु छिन्छु भन्यौ सानु !! 1. I am filled with joy, I will always support you, Sanu I made my eyes water, I will take all the pain, Sanu My penance has probably been successful till today I have stolen my happiness, Sanu !! 2. उर्लेका खुशी को भेल लाई बार्नेछु अब मन भित्र को ती चाह लाई मार्नेछु अब आफै भित्र भित्रै गुम्सिएका रहरलाई झुठो आश्वासन दिई अब टार्नेछु अब !! 3. देउताको आखाँ आँशुले भराउनु पर्ने भयो आफ्नो अधिकारको लागी कराउनु पर्ने भयो किन हुन सक्दैन आफुले चाहेको जस्तो यहाँ भविष्यको कल्पना सित डराउनु पर्ने भयो !! 4. झन झन बढदै जाने अभिलाषा भयो कहिले नी पुरा नहुने एक आशा भयो समयको खेल संग नै रुमलीदै जाने बुझाएर बुझ्न नसक्ने परिभाषा भयो !! 5. विश्वाश गर्नै गाह्रो हुने बनावटी कहानीको पर्खाईमै बस्नु पर्ने रात कुर्दै बिहानीको अतीत यो बल्झी दिन्छ नचाहेरै घरीघरी भँवराझैं रस...